मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाकाे अध्यक्षमा पूर्व उपाध्यक्ष कुल बहादुर सिंजाली चयन भएका छन्।
यसअघिकाे कार्य समितिकाे दुई वर्षे कार्यकाल सकिएसँगै सिंजालीकाे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएकाे हाे।
मदन भण्डारी इस्पोर्ट एकेडमीका प्रवास इन्चार्ज तथा संस्थापक गोपाल थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले कार्य समिति गठन गरेको थियाे।कार्य समितिकाे महासचिवमा एकडेमीका पूर्व प्रेस संयोजक सुवास बस्नेत चयन भएका छन्।
अन्य पदाधिकारीहरुमा क्रमश: पहिलो उपाध्यक्ष पदम गाहा, दोश्रो उपाध्यक्ष एडवोकेट नन्दा शर्मा, सचिवहरुमा निरन्जन मल्होत्रा र सुस्मिता शर्मा चयन भएका छन्। कोषध्यक्ष वीर थापा, सदस्यहरुमा हरि रोका मगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आस बहादुर शारू, युधिस्ठिर कुमार, र गंगा गुरुङ रहेका छन्।
त्यस्तै एकेडेमीले तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ। जसमा प्रमुख सल्लाहाकार कृष्ण शर्मा, विशेष सल्लाहकार कमल पण्डित र सल्लाहाकार छबिलाल जोशी रहेका छन्।
मदन भण्डारी फाउन्डेशनअन्तर्गत सञ्चालित एकेडमीले भारतमा वैधानिकता पाएसँगै खेलका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।