आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो   

तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ।

फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो। गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप-३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो।

तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए। सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो।

प्रकाशित मिति: : 2021-08-26 13:06:00

प्रतिकृया दिनुहोस्