१८०१ जना कोरोना संक्रमित थपिए, १९२४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२४ सङ्क्रमित निको भएका छन्। हालसम्म ७ लाख ९७ जना कोरोनाबाट मुक्त भएका छन्।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ।

त्यसैगरी पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-23 17:34:00

प्रतिकृया दिनुहोस्