बढ्यो सुनचाँदीको मूल्य

साताको दोस्रो दिन सोमबार(आज) नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

आइतबारको तुलनामा आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम भइ कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य भने ९० हजार ६०० सय रुपैयाँ रहेको छ।

यता आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार भने प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-08-23 11:35:00

प्रतिकृया दिनुहोस्