अफगानिस्तानमा तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल

आयोमेल

वसन्तकुमार उपाध्याय

हिन्द प्रशान्त क्षेत्रमा भइरहेका गतिविधि, खासगरी दक्षिण एसियामाथिको अन्तराष्ट्रिय दवाबलाई यतिबेला गम्भिर रुपमा लिनुपर्छ।

विश्व बजारमा यही क्षेत्रबाट लगभग ७५% ब्यापार हुने आकंडा छ । विश्व बजारको जिडिपिको करिव ६०% को योगदान छ,यो क्षेत्रबाट। हिन्द माहासागर र प्रशान्त महासागरलाई जोडेर बनेको क्षेत्रलाई पछिल्लो अवधिमा ‘इन्डो-प्यासेफिक एरिया’का रुपमा ब्याख्या भइरहेको छ। यो क्षेत्र भनेको ३८ वटा देशहरुको सहभागिता पनि हो।

सिल्क मार्ग, चीनसम्मको भूभाग, भू-मध्यसागर, सिन्धु घाटी, हिन्दू कुश, तारिम बेसिनदेखि युरेशियन क्षेत्र समेटिएको भू-रणनीतिक रुपमा निकै संवेदनशील र महत्वपूर्ण देश हो- अफगानिस्तान।

मिर्जा हुसेन नाम गरेका एकजना कैदीलाई डाईनामाईट राखेर विशाल बुद्धको प्रतिमा उडाउने आदेश दिएको थियो कुनैबेला तालिबानले। त्यो कामका लागि तालिबानीले २५ जना कैदीलाई खटाएका थिए। तिमध्येका एक थिए २६ वर्षीय हुसेन। वर्षौंपछि उनै हुसेनले ति बुद्ब प्रतिमा ध्वस्त पारेको घटनालाई पश्चातापका रुपममा बिबिसी मार्फत सुनाए। तर उनीसँग तालिबानीको आदेश मान्नुको विकल्प थिएन। तर त्यति गर्दा पनि विशाल बुद्धको प्रतिमाको एउटा खुट्टा मात्रै भाँचिएको थियो। बुद्धत्व र बुद्धका मुर्तीहरूको भेद के छ बुझ्नेले बुझ्छन नै। तर अमेरिकाकाको ट्विन टावर र तालिवानबीचको सम्बन्ध र भेदका जानकार दुनियाभरि नै छन्। अफगानिस्तानमा तालीबान सरकारले सन् २००१मा तक्षशिला क्षेत्रका दुई ठुला करिव १५० फिट अग्ला बुद्ध मूर्तिलाई डाईनामाईट प्रयोग गरेर ध्वस्त पारेका थिए। हुन त बुद्ध स्वयंले आफ्ना शिष्यलाई मेरो कुनै मूर्ति नबनाउनु पनि भनेका थिए।

पस्तुन भाषामा विद्यार्थीको संगठन भनेर नामाकरण भएको तालिबानले अफगानिस्तानमा फेरि सत्ता कब्जा गरेको घट्नाले विश्व राजनीतिमा सत्तामा पुग्ने अनेकौं उपाय रहेको देखाएको छ। सुरुवातका दिनमा तालिबान समूहको अगुवाइ मुल्लाह मोहम्मद ओमारले गरेका थिए। ४०-५० जना विद्यार्थीलाई एकत्रित गरेर यो समूह बनेको थियो। सन् १९९६ मा तालिबानले राजधानी काबुल कब्जा गर्दै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भनेर घोषणा समेत गरेको थियो। र फेरि त्यही गर्दै छ।

प्रकाशित मिति: : 2021-08-22 08:03:00

प्रतिकृया दिनुहोस्