अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री

File photo
File photo

चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ। 

चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राखेका हुन्। उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन्। 

चिनियाँ विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ। 

बुधबार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो। त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तनसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन्। 

उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए। त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री वाब यीले भनेका थिए कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्माहुने स्थान बन्नु हुँदैन। गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन्। 

उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन्। काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नादेश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको छ। 

प्रकाशित मिति: : 2021-08-19 19:31:00

प्रतिकृया दिनुहोस्