के हाे निमाेनिया ? कसरी बच्ने ?

Photo: istockphoto.com
Photo: istockphoto.com

विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ। विश्वस्वाथ्य संगठनका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरुको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाले प्रतिवर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन्।

५ वर्ष मुनिका बालबालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्यु निमाेनियाकाे कारणले मात्र हुने गरेकाे छ। यदि उपयुक्त कदम नचाले हाे भने निमाेनियका कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान विश्वस्वास्थ्य संगठनले गरेकाे छ।

निमोनिया फोक्सोमा हुने एक प्रकारको रोग हो। निमोनिया अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, फंगस नामक भाइरसको कारणले लाग्ने गर्दछ। निमोनिया चिसाेका कारणाले हुाे गर्छ। जन्मेकाे तीन हप्तादेखि चार/पाँच वर्ष उमेरका बालबालिकामा (स्टेप्टोकोकस्) नामक निमोनिया लाग्छ भने पाँच वर्षमाथिका बालबालिकामा (माइक्रोप्लासमा) नामक निमोनिया हुने गर्दछ। 

यी हुन् निमोनियाका लक्षणहरु:

– सामान्य रुघाखोकी लाग्नु 

– ज्वरो आउनु 

– स्वाप्रस्वासमा समस्या आउनु

– शरीरमा निला दाग देखा पर्नु 

– टाउको दुख्नु 

– मुटुको चाल गडबड हुनु  

– आँखा रातो हुनु 

– सिँगान बग्नु, दुध चुस्न नसक्नु आदी 

निमोनिया कारणहरु:

धूमपान गर्ने मानिसमा फोक्सोमा समस्या देखा पर्दछ, त्यसैले धूम्रपान पनि निमोनियाको एक कारक तत्व हो। मादक पदार्थ सेवनले फोक्सोमा नराम्रो समस्या निम्त्याउने गर्दछ, त्यसैले मादक पदार्थ सेवनले पनि निमोनियाको एक कारक तत्व हाे।

निमोनियाबाट बच्ने उपायहरु :

– बच्चालाई अरु बेलाको तुलनामा धेरै पटक दुध चुसाउने 

– निमोनियाबाट संक्रमित व्यक्ति वा बच्चालाई फोहोर र धूलो वातावरणमा खेल्न नदिने 

– बच्चा जन्मेकाे ६ महिनासम्म आमाको दूध मात्र खुवाउने त्यसपछि भने दूधसँगै झोलिलो खानेकुराको साथै पोषिलो खानेकुराहरु जस्तै:- माछामासु, फलफुल, अण्डा, गेडागुडी, जाउलाजस्ता झोलिलो खानेकुरा खुवाउने  

– निमोनियाबाट संक्रमित व्यक्ति वा बच्चालाई सजिलै हावा आउने, जाने सफा कोठामा राख्ने 

– बच्चालाई एक वर्षको खोपको मात्रा पूरा गर्ने 

– बच्चालाई मौसम अनुसारको कपडा लगाईदिने 

बच्चालाई जन्मेकाे छ महिनासम्म आमाको दूधकाे मात्र खुवाउने गर्नुपर्छ। छ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ। जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ।

(ललितपुरकाे सिमाम्स मेडिकल हल सञ्चालक तथा फर्मासिस्ट डा. सुरज घिमिरेसँग बिएल नेपाली सेवाले गरेकाे कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2021-08-20 06:30:00

प्रतिकृया दिनुहोस्