तालिबान सदस्य र अफगानी नेताहरूबीच काबुलमा भेटवार्ता

Photo- Tolo News
Photo- Tolo News

तालिबान सदस्यहरूले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद करजई र राष्ट्रिय मेलमिलाप उच्च परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाहसँग भेटवार्ता गरेका छन्।

संगठनका राजनीतिक सदस्य अनस हक्कानी समूहले देशमा शान्ति र मेलमिलापको नीति अपनाउँदै अफगानी राजनीतिक नेतृत्वसँग भेटेका हुन्।

तालिबान सदस्यहरू अध्यक्ष अब्दुल्लाको नीजि निवासमा पछिल्लो राजनीतिक अवस्थामा बारेमा संवाद गरेको टोलोन्यूजले जनाएको छ। तालिबानले आइतबार अफगानिस्तान नियन्त्रण लिएपछि अफगानी राजनीतिज्ञहरूसँग पहिलो राजनीतिक वार्ता गरेको हो।

तालिबान संगठनका उपनेता मुल्ला अब्दुल्ला घानी बरादरसहित अन्य सदस्यहरू कतारबाट मंगलबार कन्धार शहर आइपुगेको दोहास्थित राजनीतिक कार्यालयका सदस्य माल्लवी खैरुल्ला खैरखवाहले पुष्टि गरेका छन्। उनीहरूले झण्डै २० वर्षपछि काबुलमा अफगानी प्रमुख नेताहरूलाई भेटेका छन्।

छोटो समयमा अफगान कब्जा गरेको तालिबान संगठनलाई देशभित्रका धार्मिक तथा जातीय समूह साथमा लिएर सरकार चलाउन भने सजिलो छैन।
 

प्रकाशित मिति: : 2021-08-18 19:00:00

प्रतिकृया दिनुहोस्