थप ३४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी जम्मा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय थप २ हजार १०४ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ पुगेको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ रहेको छ। हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४५७ रहेको छ।

त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-18 17:02:00

प्रतिकृया दिनुहोस्