तालिबानले जबिहुल्लाह मुजाहिदलाई बनायो संस्कृति तथा सूचना मन्त्री

अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि तालिबानले सरकार गठनको प्रक्रिया तीव्र रुपमा अघि बढाएकाे छ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचना मन्त्री नियुक्त गरिएको स्रोतले बताएको छ। तालिबाले मंगलबार आयोजना गरेको ऐतिहासिक पत्रकार सम्मेलनमा मुजाहिद नै पहिलोपल्ट सार्वजनिक भएका हुन्।

पत्रकार सम्मेलनमा उनले अफगानिस्तानमा इस्लामिक कानूनअन्तर्गत महिला अधिकारको सम्मान गर्ने स्पष्ट पारेका छन्। साथै तालिबानले सरकारी कर्मचारीलाई पनि आम माफीको घोषणा गरेको छ।

वर्षौदेखि उनको आवाज मात्र सुनेका पत्रकारहरूले प्रवक्ता मुजाहिदको अनुहार पहिलोपटक देखेपछि अचम्मित भएका थिए।

प्रकाशित मिति: : 2021-08-18 16:00:00

प्रतिकृया दिनुहोस्