म्यान्मार सैन्य 'कू': नागरिक समूहकाे आक्रमणबाट कम्तीमा ४० सैनिक मारिए

Photo - AP
Photo - AP

म्यान्मारकाे सैन्य सरकारविरूद्ध गठित नागरिक समूह, विद्राेही लडाकु र जनता सुरक्षा बलले देशका विभिन्न स्थानमा सरकारी सैनिकमाथि आक्रमण गर्दा दर्जनाैँ सदस्यहरू मारिएका छन्।

म्यान्मारकाे सगाईङ, छिन् र शान प्रान्तमा आन्दोलनकारीले सैन्य अड्डा तथा सर्च अभियानका क्रममा आक्रमण गरेपछि कम्तीमा ४० जना सैनिक मारिएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गत आइतबार करिब १५० सैन्य सरकारका प्रतिनिधिहरूले विद्राेही समूह जनता सुरक्षा बलको मिनदातस्थित शिविरमा आक्रमणकाे प्रयास गरेपछि दाेहाेराे भिडन्त भएकाे थियाे।

जुन्ता सरकारविराेधी विद्रोही लडाकु तथा नागरिक समूहले सैन्य प्रसाशनकाे अड्डामा हमला गरेपछि कम्ती २० जना जुन्ता सैनिक मारिएका छन्। भिडन्तकाे क्रममा थ्रुपै सैनिक घाइते समेत भएको स्थानीय जनप्रसाशनले बताएकाे छ।

जुन्ता सरकारका सैनिकहरूले राजमार्ग छेउमा बसाेबार गर्ने स्थानीय नागरिककाे घरमा आगजनी गरेका छन्।

त्यसैगरी, शान प्रान्तमा भएको झडपमा कम्तीमा १० सरकारी सैनिकको मृत्यु भएको दक्षिण शान जनप्रसाशनले दाबी गरेकाे छ। सैन्य सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिएका नागरिक लडाकूहरूले आइतबार नान्साङको सैन्य शिविरमा आक्रमण गरेका हुन्।

सोमबार बिहान सगाईङ प्रान्तको ताजे जिल्लामा 'जनता कमरेड' नामक विद्रोही समूहले सरकारी सुरक्षा फाैजमाथि आक्रमण गरेकाे बताइएकाे छ।

यसअघि शान प्रान्तकाे जनता सुरक्षा बल र म्यान्मार सैनिकबीचको 'सैन्य भिडन्त'मा परी कम्तीमा ११ सरकारी सुरक्षा फाेजको मृत्यु भएको थियो। म्यान्मारमा गत फेब्रुअरीदेखि सरकारी पक्ष र नागरिक समूहबीच लडाइँ जारी छ।

प्रकाशित मिति: : 2021-08-17 15:08:00

प्रतिकृया दिनुहोस्