कोरोना महामारीबाट जोगिन खाने गराैँ यी खानेकुरा !

Pinterest.com
Pinterest.com

कोरोना महामारीले सर्वसाधारणको जिवन अस्तव्यस्त बनाएको छ। एकातिर काम नपाइएला कि भन्ने डर अर्कातर्फीे कोरोना लाग्ने डर। त्यसैकै त्रासमा मानिस बाचिँरहेका छन्। हालैको अवस्थालाई निल्याल्ने हो, भने अधिकाशं मानिस कोरोनाको चपेटामा परेका छन्। यसको शिकार बनेका छन्।

जसकारण रोगसगँ लड्ने प्रतिरक्षा प्रणली कमजोर हुदैँ जान्छ। कोरोना लागेपछि मानिसको शरीर शिथिल हुन्छ। जसले मुत्युको मुखसम्म पु¥याउन थाल्छ। तर यदि कोरोना लागेका व्यक्तिले दैनिक रुपमा आफनो खानपानमा ध्यानदिने हो कोरोना जस्ता रोगसगँ लड्ने क्षमतामा वृद्दि गर्छ। जसले गर्दा यस समस्याबाट छुटकारा पाउन सकिन्छ। त्यसैले आउनुहोस्, चर्चा गरौँ कोरोना लागेका मानिसले खानुपर्ने खानेकुराबारे। 

दैनिक ताजा र प्रशोधन नगरिएका खानेकुरा खाने
यदि आफनो खानामा दैनिक हरियो सागपात, गेडागुडी, दाल, उसिनेको चामल, आलु, सखरखण्ड, बदाम, काजु आदि समावेश गर्ने हो भने रोगबाट लड्न शक्ति प्रदान गर्दछ। दिनहुँ दुई ग्लास फलफुलको रस खाने गरेमा यसले शरीरलाई बलियो बनाउँदछ। बिशेष गरी भिटामिन ‘ए’ र ‘सि’ भएका खानेकुरा खानामा मिलाउनु राम्रो हुन्छ। 

प्रयाप्त मात्रामा पानी पिउने
पानी हाम्रो शरिरको लागी अतिआवश्यक तत्व हो। पानीले हाम्रो शरिरलाई रसिलो बनाउन मदत गर्दछ। यदि दैनिक रुपमा छ देखि आठ ग्लास पानी पिउने हो भने यसले उर्जा प्रदान गर्छ। 

खानामा चिल्लो पदार्थको मात्रा कम गर्ने 
अनावश्यक चिल्लो खाँदा हाम्रो शरिरमा विभिन्न रोगहरु बढने सम्भावना उच्च रहन्छ। जस कारण हामीले हाम्रो खानामा चिल्लो पदार्थको मात्रामा कम गनुपर्ने हुन्छ। तरकारी बनाउँदा प्रयोग गर्ने गरेको तेलको मात्रालाई कम गर्दा फाइदाजनक छ। बाहिरि बजारमा पाइने चिल्लो खानेकुरा त्याग्नु जरुरी छ। शरीरलाई आवश्यकपर्ने भन्दा बढी मात्रामा घिऊ तथा तेलको प्रयोग नगरेकै राम्रो हुन्छ। 

नुन तथा चिनीको प्रयोग कम गर्ने
खानामा नुन तथा चिनीको प्रयोग कम गनुहोस। खाना मिठो बनाउन हामीले प्रयोग गर्ने गरेका बजारमा पाइने सोया सस तथा फिस ससको प्रयोग गर्नु शरिरलाई हानिकारक छ। यसले शरिरमा अनावश्यक फ्याट पैदा गराउँछ र अन्य रोगसगँ लड्ने प्रतिरक्षा प्रणालीमा ह्रास ल्याउछँ। दैनिक रुपमा खानामा ५ ग्राम या कम नुन प्रयोग गर्ने बानी बसाल्नुहोस्।

 

प्रकाशित मिति: : 2021-08-17 15:01:00

प्रतिकृया दिनुहोस्