थपिए २२१२ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

वितेका २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १२ हजार १०६ परीक्षणमा २ हजार २१२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

आज १ हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ८२ हजार ६८२ जना सङ्क्रमण मुक्त भएका छन्।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना छन्।

त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको  छ।

प्रकाशित मिति: : 2021-08-15 16:39:00

प्रतिकृया दिनुहोस्