
बिएल संवाददाता
पछिल्लो समय अफगानिस्तानमा विद्रोही समूह तालिबानले आफ्नो गतिविधिहरु तिव्र रुपमा अघि बढाइरहेको छ।
अफगानिस्तानको मुख्य शहर अर्थात राजधानी काबुल कब्जा गर्ने उद्देश्यसहित तालिबानले विभिन्न प्रमुख सबै शहरहरु कब्जा गर्दै अघि बढिरहेको हाे।
यसैबीच आज (आइतबार) तालिबान लडाकुहरू जलालावाद शहरलाई कब्जा गर्दै राजधानी काबुल क्षेत्रमा प्रवेश गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार अहिले उनीहरु काबुलको बाहिरी क्षेत्रमा रहेका छन्।
तालिबानले भने नागरिक र सैनिकविरूद्ध कुनै आक्रमक कदम नचाल्ने बताएका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया