अमेरिकी राष्ट्रपति भन्छन्- 'अफगानबाट सेना फिर्ता गरेकोमा पछुतो छैन'

Photo - AP
Photo - AP

अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका छन्।

यद्यपि बाइडनले उनकै शब्दमा 'आफ्नो देशका लागि लड्न' अफगान नेताहरूलाई एक हुन आह्वान गरेकाे बीबीसीले जनाएकाे छ।

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।

बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए।

तर उनले भने, "उनीहरूले आफ्ना लागि लड्न चाहिँ आफैँ लड्नुपर्छ।"

प्रकाशित मिति: : 2021-08-11 07:19:00

प्रतिकृया दिनुहोस्