‘श्वेतपत्र’ सार्वजनिक गर्दै अर्थमन्त्री शर्मा

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज (मंगलबार) यथार्थ आर्थिक परिदृष्यको विवरण (श्वेतपत्र) जारी गर्न लागेको छ। मध्यान्ह १ बजे अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्ने लागेका हुन्।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भए गरेका आर्थिक प्रगति तथा त्यो भन्दा अघिको समेत आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै श्वेतपत्र जारी गर्न लागको अर्थमन्त्रीका प्रेस सल्लाहकार सचिन रोकाले बताएका छन्।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि शर्माले वर्तमान अवस्थाको चित्रण गर्ने गरी यथार्थपत्र सार्वजनिक गर्ने बताएका थिए। यसअघि २०७४ चैतमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि श्वेतपत्र सार्वजनिक गरेका थिए।

सरकारले ल्याउने श्‍वेतपत्रमा पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने बताइएको छ। जसमा अहिलेको अवस्थामा मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा गुज्रिरहेको देखाएको छ।

जुन अघिल्लो केपी ओली नेतृत्वको ५ वर्षे स्थायी सरकार आउनु पूर्वको अवस्था भन्दा पनि अहिलेको मुलुकको अवस्था थप बिग्रिएको श्वेतपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, अहिलेको अवस्थाको यावत् समस्याकाबीच पनि संघीयता कार्यान्वयन पक्षमा चिन्ता देखिएको श्वेतपत्रमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-08-10 12:31:00

प्रतिकृया दिनुहोस्