कतारद्वारा नेपालसहित छ एसियाली देशका यात्रुहरूलाई ‘क्वारेन्टाइन’ अनिवार्य

Photo: Gulf-Times
Photo: Gulf-Times

कतारले नेपालसहित छ वटा एसियाली मुलुकहरुबाट आउने कोरोनाविरुद्ध खोप लगाएका यात्रुहरुका लागि अनिवार्य क्वारेन्टाइन लागू गर्ने निर्णय गरेको छ। स्वास्थ्य अधिकारीहरुले ती आगन्तुकहरुमाझ धेरै कोरोना भाइरस पोजिटिभ देखिएको 'अलजजिरा' जनाएको छ।

अगस्त २ देखि नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र फिलिपिन्सका सबै भ्याक्सिनलगाएका यात्रुहरुलाई कतारमा स्वीकृत भ्याक्सिन प्राप्त भएको खण्डमा दुई दिन वा अन्यत्र खोप लगाएमा १० दिनसम्म होटल क्वारेन्टाइनमा राखिने कतारका जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। 

ती अधिकारीहरुले सम्बन्धित देशहरुद्वारा उत्पन्न जोखिमको कारण लगातार अनुगमन गरिएको भनेका छन्।

महामारीको सुरुवातपछि ७०१ को मृत्युसहित कोरोना भाइरस सङ्क्रमण संख्या दुई लाख २७ हजारभन्दा बढी रिपोर्ट गरिएको छ। यस महिनाको सुरुमा कोभिड-१९ को डेल्टा भेरियन्ट पत्ता लगाएका अधिकारीहरुले पुष्टि गरेका थिए।

यो वर्ष अभियानको सुरुवातबाट ३९ लाखभन्दा बढी कोभिड खोपको 'डोज' लगाएको प्रशासनले जानकारी गराएको छ। नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स र श्रीलंकाका यात्रुहरुका लागि छोटो अवधिको 'क्वारेन्टाइन' राख्नुपर्ने समावेश छ।

कतारका राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष डा. अब्दुललातिफ अल-खालले यी देशहरुबाट कतार फर्किने यात्रुमा ठूलो संख्यामा कोरोना पोजिटिभको बढ्दो संख्या देखिइरहेको बताएका छन्। अलजजिरा सँगको कुराकानीमा उनले भने,'यो निर्णय अधिकारीहरुले कतारमा भ्याक्सिनको मात्रै प्रमाणित गर्न सक्षम भएको कारणले गरिएको हो।'

कतारमा खोप लगाएका सबै नागरिक र बासिन्दाहरुको रेकर्ड राष्ट्रिय 'डाटाबेस'मा राखिएको छ। 'जनस्वास्थ्य मन्त्रालयले विदेशबाट सबै खोप लगाइएका प्रमाण गर्न सकेको छैन र त्यसैले यस्ता उपायहरु अपनाएका हौँ'', उनले भने,'अगस्त महिनाको सुरुमा संक्रमणहरु वृद्धि भएपछि कोभिड–१९ का प्रतिबन्धहरु क्रमशः ३ चरण गरेर हटाउने निर्णय गर्यो्, यद्यपि केही दिनपछि नियमहरुमा केही छुटको साथ साना अपडेटहरु घोषणा गरिएको छ।'

स्वास्थ्य मन्त्रालयको एक वक्तव्यमा भनिएको छ, 'एकातिर जनसंख्यालाई सुरक्षा प्रदान गर्ने निरन्तरता र अर्कोतिर सामाजिक र आर्थिक जीवनलाई सामान्य अवस्थामा पुनर्स्थापना गर्ने बीचको सन्तुलन सुनिश्चित गर्नका लागि प्रमुख प्रदर्शन सूचकहरुको अनुगमन जारी रहने छ।'

'ईदको छुट्टीपछि र कतार फर्कने यात्रुहरुको ठूलो संख्यासँगै कोभिड -१९ वृद्धि हुने अपेक्षा गरिएको थियो', अल-खालले भने, 'कोभिड -१९ प्रतिबन्धहरु क्रमशः हटाउने ३ चरणको साथ जारी राख्ने निर्णय भाइरसको फैलावट कम गर्नलाई अतिरिक्त सावधानीको रूपमा अपनाइएको हो।'

प्रकाशित मिति: : 2021-08-08 19:30:00

प्रतिकृया दिनुहोस्