पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्युदर नौ प्रतिशतभन्दा बढी

बिएल संवाददाता

इस्लामाबाद
Symbolic photo
Symbolic photo

करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरसस्थिति खराब बन्दै गएको पुष्टि भएको छ।  

पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड–१९ सङ्क्रमितको दर ९.०६ प्रतिशत रहेको छ। 

‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसीओसी) कोे तथ्याङ्कअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड–१९ परीक्षण लिइएको थियो।

पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक सङ्क्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

 यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ। 

देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ। यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन्। 

प्रकाशित मिति: : 2021-08-05 20:45:00

प्रतिकृया दिनुहोस्