दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन्। ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ। 

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको हप्तामा  दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ।   

यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ। 

यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो। यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन्।  

प्रकाशित मिति: : 2021-08-03 18:22:00

प्रतिकृया दिनुहोस्