राजनीतिको 'ठेकेदारीकरण'

हिमाल खबर

काठमाडौँ

राजनीतिको ठेकेदारीकरण रोक्न सर्वप्रथम त त्यो विकृतिको मुहान थुन्न सक्नुपर्छ। भोटलाई नोटसँग विनिमय गर्ने अवसर नै बन्द गर्न सकिए यस्तो विकृति ठूलो हदसम्म रोक्न सकिन्छ।

राजनीतिक संरक्षणमा अपराध मौलाउने वा अपराधलाई राजनीतिक लेप लगाएर उन्मुक्ति दिने प्रचलनलाई राजनीतिको अपराधीकरण वा अपराधको राजनीतीकरण भनिन्छ।

अदालतले कसूरदार ठहर गरेका, फरार सूचीमा रहेका वा भ्रष्टाचारमा मुद्दा चलाइएका व्यक्ति सार्वजनिक स्थल मात्र नभएर प्रधानमन्त्री निवास परिसरमा खुल्लमखुला हिँडेको हामीले देख्दै र सुन्दै आएका छौं। आपराधिक पृष्ठभूमि र विवादास्पद छविका व्यक्ति सांसद र मन्त्री भएका उदाहरण पनि अनेक छन्।

हामीकहाँ राजनीति प्रवेशका अनेकौं बाटा छन्। अधिकांश त विद्यार्थीकालमा राजनीतिमा संलग्न हुँदै पूर्णकालीन राजनीतिकर्मी बन्छन्।

कतिपय पेशागत संघसंस्था मार्फत राजनीतिको मार्ग पहिल्याउँछन्। कोही सार्वजनिक सेवाको अवकाशपछि राजनीतिको दोस्रो इनिङ्ग्सको प्रयास गर्छन्। यी सबै बाहेक राजनीति प्रवेशको अर्को 'शर्टकट' मार्ग पनि देखिएको छ, जसमा सांसद बन्न न निर्वाचन जरुरी हुन्छ, न त मन्त्री बन्न पालो नै कुर्नुपर्छ।

प्रकाशित मिति: : 2021-07-31 09:54:00

प्रतिकृया दिनुहोस्