चीनका लागि ‘डबल एजेन्ट’ रहेको आरोपमा जर्मन गुप्तचर निकायका पूर्व ‘एजेन्ट’ पक्राउ

जर्मन गुप्तचर निकायका पूर्व एजेन्टले चीनका लागि डबल एजेन्टको काम गरेको आरोपमा पक्राउ परेका छन्। 

जर्मनीको गुप्तचर निकाय बीएन्डीका पूर्व एजेन्ट डा. क्लस एलले करव एक दशक यता चीनमा सुचना चुहावट गरेको आरोपमा पक्राउ परेका हुन्। ७५ बर्षीय क्लस एल्ले करिब ५० बर्ष जर्मन गुप्तचर निकाय बीएन्डीमा काम गरेका थिए।

उनले विगत सन् २०१० यता चीनका लागि सुचना पठाउँदै डबल एजेन्टको काम गरेको जर्मन अधिकारीहरुले बताएका छन्। सन् २०१० मा चीनको सांघाईस्थित टोंगी विश्वविधालयमा लेक्चरका लागि पुगेका बेला उनलाई चिनियाँ गुप्तचर निकायका व्याक्तिहरुले भेटेको जर्मन अधिकारीहरुले बताएका छन्। त्यसपछि सन् २०१९ नोभेम्बर सम्म उनले चिनियाँ गुप्तचर निकायमा लगातार सुचना प्रदान गरेको बताईएको छ।

सुचना प्रदान गरेबापत उनलाई चिनियाँ गुप्तचर निकायले रकम दिने गरेको खुलेको छ। सन् २०१९ नोभेम्बर मा जर्मन अधिकारीहरुले म्युनिखस्थित उनको निवासबाट उनको कम्युटर बरामद गरेको थियो। क्लस एल् ले चीनका लागि गुप्तचरी गरेको र बीएन्डीबारे सुचना चुहाएको स्वीकार गरेको बताईएको छ। इटालीबाट म्युनिख फर्किरहेको बेला उनलाई जर्मन अधिकारीहरुले पक्राउ गरेका छन्।

प्रकाशित मिति: : 2021-07-30 09:15:00

प्रतिकृया दिनुहोस्