पैसा बाँडेर चुनाव जितेकी सांसदलाई ६ महिनाकाे जेल सजाय

भारतको तेलंगाना राज्य सांसद कविता मालोथ कानूनी फन्दामा परेकी छिन्।

त्यहाँको विशेष अदालतले उनलाई चुनावताका पैसा बाँडेर सांसद पद जितेकाे ठहर गरेको छ। सांसद कवितासँगै सहयोगी शौकत अलीलाई अदालतले ६ महिना जेल र दश हजार जरिमानाको सजाय सुनाएको हो।

सन् २०१९ को लोकसभा निर्वाचनमा मतदातालाई पैसा बाँडेर सांसद पद जितेको अदालतले ठहर गरेको छ। न्यायाधीश आरआर वरप्रसादले नेत्री कवितालाई आईपीसीको धारा १७१–ई अन्तर्गत मतदातालाई प्रलोभनमा पारी सांसद पद जितेको ठहर गर्दै जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

लोकसभा निर्वाचनको दौरानमा सांसद कविताका सहयोगी अली मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेका थिए।

तेलंगाना राष्ट्र समिति (टीआरएस)की नेत्री कविताले सन् २००९ देखि राजनीतिक यात्रा सुरु गरेकी थिइन्। अदालतबाट मतदातालाई पैसा बाँडेको ठहर भएपछि उनले ६ महिना जेल जीवन बिताउने छिन्।

 

प्रकाशित मिति: : 2021-07-29 10:55:00

प्रतिकृया दिनुहोस्