'छिमेकीलाई पहिला' नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - PTI
Photo - PTI

भारतले 'छिमेकीलाई पहिला' भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।

अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन्।

भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।

'छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ,' उनले ट्वीटरमा लेख्नु भएको छ।

भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन (एलएमओ) उपलब्ध गराइएको पनि उनले जानकारी दिए।

दक्षिण एसियाली मुलुक बङ्गलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १९ हजार २७४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-07-26 05:46:00

प्रतिकृया दिनुहोस्