अफगानिस्तानमा ८१ लडाकू मारिए

बिएल संवाददाता

मजार आई शरिफ
southasiamonitor
southasiamonitor

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन्। 

लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्।  

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। 

आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा परी अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ।

अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ। युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन। तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन्। 

प्रकाशित मिति: : 2021-07-25 19:52:00

प्रतिकृया दिनुहोस्