पूर्वफूटबल खेलाडी अग्रवाल परिसंघको नयाँ अध्यक्ष, साधारण सभाले चुन्यो ३७ सदस्यीय नेतृत्व

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभाबाट उद्यमी विष्णुकुमार अग्रवाल अध्यक्ष चयन भएका छन्। अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।

अग्रवालले यसअघि परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन्। उनले परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन्। पूर्वफुटबल खेलाडी अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर हुन्।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन्। परिसंघको साधारणसभाले ३७ सदस्यीय राष्ट्रिय परिषद चयन गरेको छ। त्यसमध्येबाट सात जना उपाध्यक्ष चयन हुने छन्।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमितमोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुणकुमार तोडी, शुलभअग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दीलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

यसैगरी प्रतिष्ठानतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (शिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2021-07-22 12:49:00

प्रतिकृया दिनुहोस्