के हो पेगासस ? कसरी हुन्छ ह्याकिङ ?

हिमाल खबर

काठमाडौं

पेगासस स्पाइवेयर वा ह्याकिङ सफ्टवेयर प्रयोग गरी भारतसहित ११ देशका पत्रकार, अधिकारकर्मी, राजनीतिकर्मी, व्यापारी लगायतको फोन ट्यापिङ भएको खबर अहिले चर्चामा छ। 

इजरायलको साइबर सुरक्षा कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको पेगासस सफ्टवेयर विभिन्न देशका सरकारहरूले खरीद गरी आफ्ना आलोचकमाथि निगरानी राख्न प्रयोग गर्ने गरिएको बताइन्छ। 

“पेगाससको आक्रमणमा परेका जति पनि भारतीय पत्रकार छन्, उनीहरू मोदी सरकारका आलोचक हुन्,’ द इन्डियन एक्सप्रेसका पत्रकार आशिष आर्यनले ‘थ्री थिङ्स’ पडकास्ट मा भनेका छन्, “उनीहरू सरकारले गरेका भ्रष्टाचारबारे समाचार लेख्छन्। यही कारण आफूहरू आक्रमणमा परेको तिनको भनाइ छ।” 

पेगासस मार्फत निगरानीमा राखिएका भनिएकामध्ये इन्डियन एक्सप्रेसका मुजमिल जलिल, रीतिका चोपडा र सुशान्त सिंह पनि छन्। द हिन्दू, द वायर, हिन्दुस्तान टाइम्स, इन्डिया टुडे लगायत मिडियाका पत्रकारको मोबाइल ट्यापिङ गरिएको बताइएको छ।
 

प्रकाशित मिति: : 2021-07-20 20:15:00

प्रतिकृया दिनुहोस्