तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि विक्री

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ।

सर्वसाधारणका लागि १२ करोड रुपैया बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो।

आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता १०० रुपैया अंकित दरको ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो। 
यो आईपीओ साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ। 

प्रकाशित मिति: : 2021-07-20 16:08:00

प्रतिकृया दिनुहोस्