भाजपा नेता स्वामी भन्छन्ः 'नेपालबाट राम्रो खबर आएको छ'

File Photo | Bloomberg

भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रमन्यम स्वामीले प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनेबित्तिकै खुशी व्यक्त गरेका छन्।

देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएलगतै पूर्व केन्द्रीय मन्त्री समेत रहेका स्वामीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन्।

‘नेपालबाट राम्रो खबर आएको छ,’ स्वामीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन्। आगामी आम–निर्वाचनसम्म सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त गरे।’

माेदीले समेत आइतबार राति बधाई व्यक्त गर्दै देउवाको कार्यकालमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप गहिरो हुने विश्वास व्यक्त गरेका छन्।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएपनि मोदीले बधाई दिएका थिएनन्। विश्वासको मत पाएपछि मात्रै उनले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन्।


मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई


सर्वोच्च अदालतले पहिलाेपल्ट प्रतिनिधिसभा पुन:स्थापना गरेपछि उनै भाजपा स्वामीले सुखद खबर भएको प्रतिक्रिया दिएका थिए।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने स्वामी कुनै समय तत्कालीन केपी शर्मा ओली भारतको रोजाई भएको बताउथेँ। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जित हुने धारणासमेत व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2021-07-19 07:23:00

प्रतिकृया दिनुहोस्