मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

GETTY IMAGES
GETTY IMAGES

 प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाउनेबित्तिकै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन्।

उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गरेका छन्।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन्। विश्वासको मत पाएपछि मात्रै मोदीले बधाई दिएका हुन्।

प्रकाशित मिति: : 2021-07-18 22:38:00

प्रतिकृया दिनुहोस्