एनआरएनए जापानको सचिवमा श्याम शितलकाे उम्मेद्वारी घाेषणा

अगामी साता हुन गइरहेको गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा श्याम शितल (श्याम कुमार श्रेष्ठ)ले उम्मेद्वारी दिएका छन्।

एक दशकअघि जापान पुगेका गायक तथा युवा ब्यवसायी श्याम शितल एनआरएनए जापान नागोया क्षेत्रीय समितिका निर्वतमान संयोजक भएर काम गरिसकेका छन्। श्याम शितल सफल गायक पनि हुन्।

धादिङ् घर भएका श्याम शितल नागोया क्षेत्रको सफल नेतृत्व गरिसकेका ब्यक्ति हुन्। नागोया क्षेत्रिय समितिकाे सचिव पदमा रहेर काम गरेका उनी अब केन्द्रीय समितिमा सचिवकाे यात्रातिर मोडिएका छन्।

कलाकारितासँगै सञ्चारकर्मबाट छुट्टै पहिचान बनाइसकेका श्याम शितलले एनआरएनएमा आफूसँग भएको ज्ञान र अनुभवको संयोजनबाट संस्थालाई स्थापित गर्न अघि बढ्ने बताएका छन्।

प्रकाशित मिति: : 2021-07-15 09:35:00

प्रतिकृया दिनुहोस्