भारतमा सेनाद्धारा महिला सैनिक प्रहरी भर्ना

बिएल संवाददाता

नयाँ दिल्ली 
Hindustan Times
Hindustan Times

भारतको बेंगलरुस्थित ‘द कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुल’ले पहिलो ब्याचको महिला सैनिक प्रहरी भर्ना गरेको छ।

मिलिटेरी पुलिसले महिला सैनिक प्रहरी भर्ना गरी बेंगलरुस्थित द्रोणाचार्य परेड ग्राउण्डमा पहिलो ब्याचको ८३ जना महिला सैनिक प्रहरीको परेड प्रदर्शन गरेको छ। 

भारतीय सेनाले पहिलो ब्याचमा ८३ जना महिलालाई कोर्प अफ मिलिटेरी पुलिसमा भर्ना गरेको हो। महिला सैनिक प्रहरीहरु गैरकार्यकारी अधिकारीमा भर्ना गरिएको यो पहलो उदाहरण हो। कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाउँदै महिला सैनिक प्रहरीको परेड प्रदर्शन गरिएको हो।

कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलका कमान्डरले महिला सैनिक प्रहरीलाई बधाई दिँदै ६१ हप्ता सम्म हुने प्रशिक्षण सफलताको शुभकामना दिएका छन्। 

प्रशिक्षणमा आधारभुत सैन्य ज्ञान, सबै प्रकारको प्रहरी निम्मेवारी, युद्ध कैदीहरुको व्याबस्थापन  तथा इसाराद्धारा सञ्चार गर्नेबारे प्रशिक्षण दिईने सेनाले बताएको छ। 

स्रोत: हिन्दुस्तान टाईम्स

प्रकाशित मिति: : 2021-07-15 08:38:00

प्रतिकृया दिनुहोस्