थपिए २३७० जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ जनाको कोरोना परीक्षणबाट २ हजार ३७० संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा थप १ हजार १३३ जना निको भएका छन्।

हाल देशभर २६ हजार ७१२ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १८ जनाको कोरोनाको कारण मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2021-07-12 17:22:00

प्रतिकृया दिनुहोस्