ई–सेवा मनी ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, युरोपबाट पैसा पठाउन अझ सजिलो

ई–सेवा मनी ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, युरोपबाट पैसा पठाउन अझ सजिलो 

रेमिट्यान्स् बजारमा सेवा विस्तार गरिरहेको ई–सेवा मनी ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। 

सम्झौतासँगै संयुक्त अधिराज्य, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। 

अब इन्टेल एक्स्प्रेसमार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका ईसेवा मनी ट्रान्स्फरका आठ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत् सहजै पाउन  सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।
  
इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो। सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले इयु, बेलायत, जर्जिया, युक्रेन, रुसपश्चात् अन्य राज्यहरू लगायत ५० बढी राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ। 

यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ। यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत् पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको छ।

प्रकाशित मिति: : 2021-07-12 13:16:00

प्रतिकृया दिनुहोस्