एमालेले दोस्रो दिन पनि रोक्यो गण्डकीको बजेट अधिवेशन 

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकी प्रदेशको बजेट अधिवेशन दोस्रो दिन पनि स्थगित भएको छ। सरकारले मध्य असारमा गरेको रकमान्तरको स्पष्टीकरण माग्दै एमालेले दोस्रो दिनको सदन रोकेको हो।

सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।

असारको दोस्रो साता सरकारले गरेमो १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो। यसको स्पष्टीकरण नपाउञ्जेल सदन चल्न नदिने एमालेले बताएको छ।

यो रकम नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप लगाएको छ। बैठक १ बजेसम्मको लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले बताए।

प्रकाशित मिति: : 2021-07-12 11:23:00

प्रतिकृया दिनुहोस्