नारायणगढ–मुग्लिन सडक अवरुद्ध

File Photo
File Photo

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ।

प्रकाशित मिति: : 2021-07-12 07:41:00

प्रतिकृया दिनुहोस्