भारतीय वैज्ञानिकहरुले पत्ता लगाए नयाँ वनस्पति

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : BBC
Photo : BBC

भारतीय वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेकाे छ।

भारतको पञ्जाबस्थित वैज्ञानिकहरुको एक समूहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेकाे हाे।

वैज्ञानिकहरुले उक्त काई प्रजातिलाई 'ब्र्युम भारतीन्सीस'को नाम दिएका छन्। भारती नामले पनि चिनिने देवी सरस्वतिको सम्मानमा उक्त काई प्रजातिलाई 'ब्र्युम भारतीन्सीस'को नाम दिइएको वैज्ञानिकहरुले बताएका छन्।

यद्दपि, भारतको अन्टार्टिकास्थित 'भारती' नामको स्टेसन पनि स्थापना छ। वैज्ञानिकहरुको समूहले काई प्रजातिको अन्वेषणबारे एक जर्नलमा उल्लेख गरेका छन्।

सन् १९८१ मा अन्टार्टिकास्थित वैज्ञानिक मिसन शुरु गरेको भारतको यो पहिलो र एक मात्र वनस्पति प्रजातिको अन्वेषण हो।

अन्टार्टिका माहादेशमा भारतले सन् १९८४ मा पहिलो स्टेसन दक्षिण गंगोत्री स्थापना गरेको थियो।

प्रकाशित मिति: : 2021-07-11 08:17:00

प्रतिकृया दिनुहोस्