गण्डकीः बिना विभागीय दुई मन्त्रीले जिम्मेवारी लिदै

गण्डकीका दुई बिना विभागीय मन्त्री जिम्मेवारी लिन राजी भएका छन्। दुबैले आजै पदभार ग्रहण गर्दैछन्।

एक महिनाअघि बिना विभागीय मन्त्रीको शपथ लिएका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे अहिलेसम्म जिम्मेवारीविहिन थिए। आचार्यलाई उर्जा जलस्रोत तथा खानेपानी र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएकोमा असन्तुष्टि जनाउदै आएका थिए।

गण्डकी सरकारका सामाजिक विकास मन्त्री तथा प्रवक्ता कुमार खड्काले दुबै मन्त्रीले आजै पदभार ग्रहण गर्ने बताए। थप मन्त्रिपरीषद् भने बजेट अधिवेशन पछि हुने छ।

मुख्यमन्त्रीसँगै शपथ लिएका कुमार खड्का र मधुमाया अधिकारी गुरुङले यसअघि नै जिम्मेवारी लिइसकेका छन्। आचार्य र मनाङेलाई पनि उनीहरुसँगै जिम्मेवारी दिन खोजिएको थियो। तर दुबैले जिम्मेवारी लिन मानेका थिएनन्।

मालदार मन्त्रालयको आंकाक्षामा रहेका गठबन्धनका सांसदहरु एकअर्कालाई कटाक्ष गर्दै आएका छन्।

प्रकाशित मिति: : 2021-07-11 07:58:00

प्रतिकृया दिनुहोस्