तालिबानले गर्‍यो ८५ प्रतिशत भूभाग कब्जा, सरकारी सुरक्षाकर्मी भागाभाग

Getty Images
Getty Images

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले आतंक मच्चाउन थालेको छ।

उग्रवादी संगठन तालिबानले शुक्रबार अफगानिस्तानको ८५ प्रतिशत भूभाग कब्जामा लिएको छ। इरानसँग सीमा जोडिएको क्षेत्र समेत आफ्नो नियन्त्रणमा रहेको तालिबानले दावी गरेको छ।

सीमामा खटिएका कयौँ अफगान सुरक्षा बलका सदस्य ज्यान जोगाउन छिमेकी देशर्फ भागिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। 

तालिबानको आतंकले ताजिकिस्तान पुगेका सुरक्षाकर्मी इरानसम्मै भागिरहेका छन्। अफगानिस्तानको ३९८ जिल्ला मध्ये २५० जिल्ला तालिबानले कब्जामा लिएको प्रवक्ता जबीहुल्लाह मुजाहिदले बताएका छन्। 

तर, अफगानिस्तानको सरकारले अहिलेसम्म कुनै पुष्टि गरेको छैन। उग्रवादी संगठन तालिबानले नियन्त्रणमा लिएको ठाउँमा आफ्नो कानून लागू गर्न शुरु गरेको छ। 

सरकार र उग्रवादी संगठन तालिबान बीच संर्घष जारी रहेको सरकारी पक्षको दावी छ। अफगानी सुरक्षा बल आफ्नो इलाकामा तैनाथ रहेको र कब्जा फिर्ता लिने प्रयासमा लागिपरेको गृह मन्त्रालयले जनाएको छ। अमेरिकी सेना फर्किने प्रक्रिया शुरु भए देखिनै तानिबानले हिंसा बढवा दिइरहेको छ।

प्रकाशित मिति: : 2021-07-09 17:29:00

प्रतिकृया दिनुहोस्