पाकिस्तानी राष्ट्रपतिको आरोपः भारतले अफगानिस्तानमा आतंकवाद फैलायो

बिएल संवाददाता

इस्लामाबाद
Photo : NbT
Photo : NbT

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले भारतमाथि आतंकवाद फैलाएको गम्भीर आरोप लगाएका छन्।

भारतले अफगानिस्तानको आतंकवादी समूहलाई समर्थन दिइरहेको उनले बताएका हुन्। अफगानिस्तानको भूमि प्रयोग गरी पाकिस्तानविरूद्ध ‘हाइब्रिड’ युद्धको तयारी गरिरहेको राष्ट्रपतिको आरोप छ।

भारतले पाकिस्तानलाई अस्थिर गर्न आतंकवादी गतिविधि बढाइरहेको उनले दावी गरे।

लाहोरको जोहरस्थित बस्तीनजिकै लश्कर संस्थापक हाफिज सईदको घर बाहिर भएको आक्रमणसमेत भारतको समर्थनमा भएको अर्को गम्भीर आरोप लगाए।

पाकिस्तानका राष्ट्रपति अल्वीले यसअघि पटक-पटक भारतले पाकिस्तानी भूमिमा आतंकवादी फैलाएको बताएका थिए। लगतै, भारतीय विदेश मन्त्रालयले भारतमाथि लगाएका सबै आरोपको खण्डन गरेको थियो।

पछिल्लोपल्ट अल्वीले तुर्कीका सेना प्रमुख उमित दुन्दारसँग भेटवार्ता गरेपछि भारतविरूद्ध कयौँ आरोप लगाइरहेका छन्। उनले भने, ‘भारतले अफगानिस्तानको बाटो उपयोग गरेर पाकिस्तानमा उग्रवादी र आतंकवादी फैलाइरहेको छ। आतंकवादीलाई प्रशिक्षण र आर्थिक सहयोग दिइरहेको छ।’

भारतबाट परमाणु बममा प्रयोग हुने यूरेनियमको अवैध व्यापार भइरहँदासमेत अन्तर्राष्ट्रिय समुदाय मौन रहेको बताएका छन्।

उनले कश्मीरमा लागू गरिएको धारा ३७० खरेज गर्न समेत माग गरेका छन्।

प्रकाशित मिति: : 2021-07-08 10:52:00

प्रतिकृया दिनुहोस्