पाकिस्तानमा प्रेमिकाको बुवाले गरे प्रेमीको हत्या

बिएल संवाददाता

इस्लामाबाद
Thepakistandaily.com

पाकिस्तानको गुज्रनवालामा एक व्याक्तिले आफ्नो छोरीको प्रेमीको क्रुर हत्या गरेका छन्।

पाकिस्तानको गुज्रनवालामा आफ्नो छोरीसँग बिवाह गर्न खोज्ने व्याक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन्।

३० बर्षीय रिज्वनले आफ्नो छोरीसँग बिवाह गर्न खोजेको बिषयमा याकुबले उनको हत्या गरि गुज्रनवाला नजिकै नहरमा फालेको बताईएको छ। याकुबले रिज्वनको हत्यापछि शरिर टुक्रा टुक्रा पारी नहरमा फालेको बताईएको छ।

रिज्वन उनको प्रेमिकाको घरमा गईरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन्। मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबीनको माग गरेका छन्।

पाकिस्तानमा यस्ता बिषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ। पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैध रुपमा लिईने गरेको पाईन्छ।

प्रकाशित मिति: : 2021-07-07 07:51:00

प्रतिकृया दिनुहोस्