पत्रकार तथा गीतकार सतिष चापागाईंको ‘सरकार चाहियो’ गीत सार्वजनिक 

सञ्चारकर्मीकाे रुपमा परिचय बनाएका सतिष चापागाईंको ‘सरकार चाहियो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो सोमबार युट्युब च्यानल मार्फत् सार्वजनिक भएकाे हाे।

सतिष चापागाईंको शब्द रहेको गीतमा स्वर तथा संगीत शिशिर योगीको रहेको छ। गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिङ माष्टरिंग श्यामश्वेत रसाइलीले गरेको हुन्।

रामजी ज्ञवालीले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र रश्मी भट्टराईसँगै जिवि चिरन लगायतको अभिनय रहेको छ। 

गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केही बर्षदेखि अमेरिकामा  रहेका छन्।

प्रकाशित मिति: : 2021-07-06 16:49:00

प्रतिकृया दिनुहोस्