सन् २०२० को युरोकपको क्वार्टरफाईनलबाट बेल्जियम बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज क्लबबाट निस्कन लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए।
तर पछिल्लो समय क्लबले दिएको जानकारी अनुसार मार्टिनेज विश्वकप २०२२ सम्म बेल्जियममै बस्ने भएका छन्।
युरोकपको क्वार्टरफाईनलमा बेल्जियम ईटालीसंग २–१ ले पराजित भएको थियो।
सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोटको सुरुवात भईसकेको अवस्थामा मार्टिनेजले तत्कालको लागि क्लबमै रहेर काम गर्ने बताइएको छ।