चर्चित नायिका मर्लिन मुनरोलाई पूर्वअमेरिकी राष्ट्रपतिका भाइले विष खुवाएकाे खुलासा

Patrika
Patrika

हलिउडकी 'सेक्स सिम्बल' तथा चर्चित नायिका मर्लिन मुनरोको आत्महत्याबारे नयाँ खुलासा भएको छ। 

३६ बर्षको उमेरमा आत्महत्या गरेको भनिएकी मुनरोलाई अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भाई बबी केनेडीले गोप्य रुपमा विष पिलाएर मारेको सीबीआइका पूर्वजासुस माइक रोथमिलरले खुलासा गरेका छन्। 

अनेकौं महिलासँग प्रेम सम्बन्धका कारण चर्चित पूर्वराष्ट्रपति केनेडी र उनका भाई बबीसँग एकै समय प्रेममा रहेकी मुनरोलाई बबीले दाईसँग भएको सम्बन्धका कारण विष खुवाएको रोथमिलरले ठोकुवा गरेका छन्। 

आफूसंगैका धेरै 'सेलिब्रेटी'सँग राखेको सम्बन्धका कारण पनि चर्चामा रहेकी नायिका मुनरोले सात पटक विवाह गरिन्। जुन सबै असफल रह्यो। 

खुला स्थानमै सेलिब्रेटीहरुसँग यौन सम्बन्ध राख्न रुचाउने उनको १ जुन १९२६ मा जन्म भएको थियो भने ४ अगष्ट १९६२ मा उनले आत्महत्या गरेकी थिइन्। जाे– आजसम्म पनि रहस्य बनेको छ। 

प्रकाशित मिति: : 2021-07-05 21:22:00

प्रतिकृया दिनुहोस्