जम्मू-कश्मिरमा पाकिस्तानी तस्करहरुकाे चहल-पहल बढ्दै, करोडौंको लागूपदार्थ बरामद 

Photo : dnaindia.com
Photo : dnaindia.com

भारतको जम्मू कश्मिरको कठुवा जिल्लामा अन्तर्राष्ट्रिय सीमा (आइबी) सँगैको क्षेत्रमा भिडन्त हुँदा लागूपदार्थ तस्करको मृत्यु भएकाे छ। 

लागूपदार्थ तस्करकाे मृत्युपछि सीमा सुरक्षा बल (बीएसएफ)ले एक करोड रुपैयाँ बराबरको २७ किलो हेरोइनसमेत बरामद गरेको छ।

बीएसएफका प्रवक्ताका अनुसार लागूपदार्थ तस्करी रोक्ने प्रयासका क्रममा बीएसएफका कर्मचारीहरूले काटुवाको हिरानगर क्षेत्रको पन्सार क्षेत्रमा २७ प्याकेट हेरोइन पुनः प्राप्त गरेको र प्रत्येक प्याकेटको वजन एक किलो रहेको छ।

सेनाले पाकिस्तानतिरबाट अन्तर्राष्ट्रिय बोर्डरमा (आईबी) केही शंकास्पद चहलपहल देखेपछि आफ्नो फौजलाई सचेत गराएकाे थियाे। पाकिस्तानी तस्करहरू भारतीय पक्षतर्फ अन्तर्राष्ट्रिय बोर्डर (आइबी) क्षेत्रमा प्रवेश गर्दा उनीहरूलाई चुनौती दिएकाे थियाे तर उनीहरुले गोली चलाउँदा भिडन्तसमेत भएकाे थियाे। उक्त क्षेत्रमा खोजतलास गर्दा २७ प्याकेट हेरोइन भेटिएकाे अधिकारीहरूले जनाएका छन्।

उक्त लागूऔषधको अनुमानित मूल्य करिब १३५ करोड भारतीय रुपैयाँ रहेको बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-07-05 10:33:00

प्रतिकृया दिनुहोस्