युक्रेनमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

Photo : Getty image
Photo : Getty image

युरोकप फुटबल अन्तर्गत इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो। युक्रेन ४-० गोल अन्तरले पराजित भएको थियो।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे।

यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। 
 

प्रकाशित मिति: : 2021-07-04 07:07:00

प्रतिकृया दिनुहोस्