नेपालसहित १४ देशको यात्रामा यूएईले लगायाे प्रतिबन्ध

Photo : Reuters
Photo : Reuters

यूएईले  नेपालसहित १४ देशमा यात्रा गर्न आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि  प्रतिबन्ध लगाएको हाे।

नेपाल, भारतसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा रोक लगाएको छ।

यी १४ मुलुकबाहेक अन्य देशको भ्रमणमा जाँदा आफ्ना नागरिकलाई अनिवार्य रूपमा कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन यूएईको विदेश मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-07-04 06:07:00

प्रतिकृया दिनुहोस्