हाम्रो कालापहाड

Breaknlinks
Breaknlinks

कालापहाड गाउँ जन्मेको ठाउँ स्वर्गझैं देखिन्छ 
नेपाली भाका सैसली खेल्छ मेरो मन रमाउँछ।

पूर्वको डाँडो कांपोक्पिदेखि घामले चिहाउँछन्
लुका र मारी दिनभरि गर्दै कौब्रुमा अस्ताउँछन्।

पोखरीदेखि ती कालीखोला सुसाउँदै ओर्लिन्छिन्
गोर्खाली भाका गाउँदै नारद्‌गंगामा बिलाउँछिन्।

बजार हाम्रो जिल्लाकै ठूलो बिहीबार लाग्दछ
किन्‌बेच गर्छन् गाउँलेहरू भीडभाडै देखिन्छ।

पुत्काको मह गाईको घिउ ल्याउँछिन कर्किनी
रायोको साग बोकेर आउँछिन् प्रसाईंकी घिम्रेनी।

गुन्द्रुक सिन्की डोकाका डोका संतोलाबारीका
क्या मीठो हुन्छ केराका बुंगा हाइपीकी बोइनुका।

ठुल्ठुला भाले च्यापेर आउँछिन खोपीकी शेर्पिनी
मासको दाल बोरामा ल्याउँछिन बाग्बिरे पौडल्नी।

रोमिला थांगल् इन्चाकका झुप्पा लिएर आउँछिन्
लियाइकी चेली ती चिचिमला उमरक् ल्याउँछिन्।

लुगा र फाटा गाडीमा आउँछन् कांपोक्पि शहर्का
थांजिंग सिद्रा इमाले ल्याउँछिन् इम्फाल बजारका।

किनमेल गर्छन् 'नेपाली-मितै' मिसाई बोल्दछन्
गुन्द्रुक सिद्रा साटासाट् गर्दै हाँसेर रमाउँछन्।

सत्तरी बर्ष पुगेछ क्यार कालापहाड बजारको 
भुलमा क्षमा दिनुहोस् बिन्ति मुक्तिनाथ् गौतम्‌को।

प्रकाशित मिति: : 2021-07-03 11:43:00

प्रतिकृया दिनुहोस्