म्यान्मारः सैन्य सरकारले लागू गर्‍यो घरभित्रै बस्ने आदेश

म्यान्मार सैन्य सरकारले बागो र माण्डलेका स्थानीयलाई घरभित्रै बस्न आदेश दिएको छ।

कोरोना महामारीका कारण जुन्ता सरकारले विभिन्न वस्तीमा ‘स्टे–एट–होम’ आदेश जारी गरेको समाचार एजेन्सी सिन्हुआले जनाएको छ।

बागो क्षेत्रको थायरवाडी र मिन्हाला, माण्डलेको चनमायथाजी, चाणयथाजान, पियगीटागन, महाआंगमया औँगमायथाजान, पाथिंग्या र अमारापुरा वस्तीमा शुक्रबारदेखि घरभित्रै बस्ने नियम लागू हुनेछ।

म्यान्मारभर २० गाउँबस्तीका स्थानीयबासीलाई घर बाहिर ननिस्कन स्वास्थ्य तथा खेलकुद मन्त्रालयले आग्रह गरेको छ।

पछिल्लो साता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढिरेहको मन्त्रालयले जनाएको छ।

म्यान्मारमा हालसम्म १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ३ हजार ३ सय ४७ बिरामीको मृत्यु भइसकेको छ।

कोरोना संक्रमण नियन्त्रण गर्न सैन्य सरकारले कडा आदेश जारी गरेको बताइएको छ। यसअघि देशभरका ११ स्थानमा ‘स्टे–एट–होम’ आदेश जारी गरिएको थियो।

प्रकाशित मिति: : 2021-07-02 18:05:00

प्रतिकृया दिनुहोस्