कोरोनाभाइरस विरूद्धको खोप माग्दै जिल्ला प्रशासन कार्यालय पोखरामा धर्ना दिइएको छ।
शुक्रबार पोखराका युवाहरू एक समूहले जिल्ला प्रशासन कार्यालयअघि सांकेतिक रुपमा विरोध जनाएका हुन्।
खोप अपरिहार्य भइसक्दा पनि सरकारले खोप ल्याउनेतर्फ चासो नदिएको भन्दै विराेध गर्न बाध्य भएकाे उनीहरूकाे भनाई छ।
प्रत्येक हप्ता सोमबार र बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म यसैगरी विरोध जनाउने युवा अगुवा कृष्ण बरालले बताए। सबै तहबाट सरकारलाई खोप ल्याउन दबाब दिनुपर्ने उनले बताए।
पहिलो पाइला नेपाल, एमआरलगायत संस्थाका प्रतिनिधि र युवाहरू स्वतस्फूर्त रुपमा सांकेतिक विरोधमा उत्रिएका छन्।