म्यान्मारः अमेरिकी पत्रकारलाई थप हिरासतमा राख्न अदालतको अनुमति

AFP
AFP

म्यान्मारको एक अदालतले अमेरिकी पत्रकार डैन फेंस्टरलाई थप अनुसन्धान गर्न अनुमति दिएको छ। 

पत्रकार फेंस्टर म्यान्मार सैन्य ‘कू’अघि एक अनलाइन पत्रिकामा काम गथें। अहिले उनीमाथि ‘कू’विरुद्धको प्रदर्शन भड्काउन प्रचार गरेको आरोप लागेको छ। 

सैन्य हिरातमा रहेका उनलाई जुन्ता सरकारले लगाएको आरोप अदालतद्वारा सदर भए तीन वर्षको कैद सजाय हुनसक्ने छ। अमेरिकी पत्रकार फेंस्टर ‘फ्रान्टियर म्यान्मार’ पत्रिकामा प्रबन्ध सम्पादकको रुपमा कार्यरत थिए।

परिवार भेट्न अमेरिका जाने क्रममा सैन्य सरकारले उनलाई मे २४ मा पूरानो राजधानी रंगुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हो।

३७ वर्षीय पत्रकार फेंस्टरको स्वास्थ्य अवस्था राम्रो भएपनि उनको तौल घटेको समाचार संस्था एपीले जनाएको छ। उनलाई रंगुनको इनसेन जेलमा राखिएको छ। पत्रकार फेंस्टरको अर्को सुनुवाई आगामी १५ तारिखमा तोकिएको उनका वकीलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-07-02 12:28:00

प्रतिकृया दिनुहोस्